प्रिमियर लिग सुरु गर्नेकुरामा क्लबहरुको मतभेद कायमै, प्रशिक्षणका लागि एकमत हुन मतदान हुँदै

132

इंग्लिस प्रिमियर लिग क्लबहरुले खेलाडीहरुलाई सानो समूह बनाएर प्रशिक्षण गर्न स्वीकृति दिने तयारी गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिलेसम्म खेलाडीले एक्लै प्रशिक्षण गरिरहेका छन् ।

आगामी जुन १२ देखि लिग सुरु गर्ने क्लबहरुको तयारीसगैै खेलाडीहरुलाई सामुहिक रुपमा अभ्यास गराउने क्लबहरुको तयारी छ । कोरोना भाइरसको महामारीका कारण गत मार्च १३ देखि रोकिएको लिगका खेलहरु पुनः सुरु गर्नेबारे क्लबहरुले अझै निर्णय गर्न सकेका छैनन् । न्यूट्रल भेन्यूमा बाँकी ९२ खेल गर्ने तयारी थालिए पनि सबै क्लब त्यसमा सहमत देखिएका छैनन् ।

आज लिगका २० क्लबबीच छलफल हुने बताइएको छ । छलफलमा प्रशिक्षण तथा मेडिकल प्रोटोकललाई लिएर मतदान हुनेछ । मतदानमा प्रस्ताव पारित भएमा मंगलबारदेखि खेलाडीहरु पाँचजनाको समूह बनाएर प्रशिक्षण गर्न पाउने छन् । प्रस्ताव पारित हुन लिगका २० मध्ये १४ क्लब सहमति हुनु पर्छ ।

सबै प्रोटोकलहरुमा सामाजिक दूरीसहितका सुरक्षात्मक उपाय अपनाइएको क्लबले बताएका छन् । गत हप्ता बेलायत सरकारले क्लबहरुले प्रशिक्षण व्यक्तिगत रुपमा सुरु गर्न अनुमति दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here