ब्याट्सम्यान सफिकुल्लाह सफाकलाई ६ वर्षको प्रतिबन्धमा

156

अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान सफिकुल्लाह सफाकलाई ६ वर्षसम्म कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ। आर्थिक अनियमिततासम्बन्धी नियम उल्लंघन गरेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ।

फाइल फोटो

प्रतिबन्धको निर्णय तत्काल लागू हुने अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ। सफाकले अब ६ वर्षसम्म कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छैनन्। अफगानिस्तान क्रिकेट बोर्डका अनुसार उनले फ्रेन्चाइज क्रिकेटमा पनि सहभागिता जनाउन पाउने छैनन्।

सफाकले गत वर्ष सिलेत ठन्डर्सबाट बंगलादेश प्रिमियर लिग खेल्ने क्रममा नियमविपरीतको कार्य गरेको आरोप लगाइएको छ। यसैगरी सन् २०१८ मा ननगारहर लेपर्डबाट अफगानिस्तान प्रिमियर लिग खेल्दा पनि उनले आर्थिक नियमको उल्लंघन गरेको आरोप लगाइएको छ। उनीमाथि आर्थिक अनियमितताको चारवटा आरोप लगाइएको छ।

- Advertisement -

अफगानिस्तान क्रिकेट बोर्डद्वारा आर्थिक अनियमितताको विषयमा छानबिन गर्न गठित समितिका एक सदस्यले नियम उल्लंघन गर्ने कुनै पनि खेलाडीलाई उन्मुक्ति नदिइने बताएका छन्। ३० वर्षीय सफाकले अफगानिस्तानको राष्ट्रिय टोलीबाट २४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन्।

यसैगरी उनले राष्ट्रिय टोलीबाट ४६ वटा टीट्वेन्टी प्रतियोगिता पनि खेलेका छन्। अफगानिस्तान अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट टेस्ट मान्यता प्राप्त राष्ट्र हो। ‘राष्ट्रिय टोलीका वरिष्ठ खेलाडी नै आर्थिक अनियमिततामा मुछिनु देशकै लागि लाजमर्दो घटना हो’, ती अधिकारीले भनेका छन्, ‘आगामी दिनमा पनि यस्तो घटनाबाट कुनै पनि खेलाडीले उन्मुक्ति पाउने छैनन्।’

Previous articleBatsman Safiqullah Safak banned for 6 years
Next articleप्रिमियर लिग सुरु गर्नेकुरामा क्लबहरुको मतभेद कायमै, प्रशिक्षणका लागि एकमत हुन मतदान हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.