कोपा अमेरिका: अर्जेन्टिनाले उरुग्वेलाई १–० गाेलले पराजित गरेर समूह चरणमा पहिलो जित निकाल्यो

61

काठमाण्डाै : कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ ।

बिहान भएको खेलमा अर्जेन्टिनाले अर्को उपाधि दाबेदार उरुग्वेलाई १–० गाेलले पराजित गरेको हो । अर्जेन्टिनाका गुइडो रोड्रिग्वेजले खेलको १३ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

जितपछि अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट चार अङ्क जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान चार अङ्क भए पनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ ।

पाराग्वे तीन अङ्कसहित तेस्रो स्थानमा रहँदा अङ्कविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौं स्थानमा रहेका छन् । यसअघि  बिहान नै  भएको अर्को खेलमा चिलीले बोलिभियालाई १–० गाेलले पराजित गरेको थियो ।

पिछला लेखविश्वकप र एसियन कप छनोटका खेलाडी र कर्मचारी सदस्यले लगाए कोरोनाको खोप
अगला लेखयुरो कप २०२९: फ्रान्स र हङ्गेरी बीचको खेल बराबरीमा टुङ्गीयो

कोई जवाब दें

कृपया अपनी टिप्पणी दर्ज करें!
कृपया अपना नाम यहाँ दर्ज करें