कोपा अमेरिका : अर्जेन्टिना र चिलीको बीचको खेल बराबरीमा रोकियो

54

काठमाण्डाै – कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीको खेल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो । तर, खेलको ५७ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए  । बराबरीसँगै समूह ‘ए’ मा रहेका दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा रहेको छ ।

श्रोत : उज्यालोअनलाइन.कम्

पिछला लेखफ्रेन्च ओपन: राफेल नाडल तेस्रो पटक पराजित, जोकोभिक फाइनलमा
अगला लेखकोपा अमेरिका: पाराग्वेद्वारा बोलिभियालाई ३–१ गोल अन्तरले पराजित

कोई जवाब दें

कृपया अपनी टिप्पणी दर्ज करें!
कृपया अपना नाम यहाँ दर्ज करें