युरो कप २०२० को नकआउट चरणका खेलहरु आजबाट सुरु हुँदै
काठमाण्डाै – युरो कप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल सुरु हुँदैछन्।
पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन् । समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह ‘बी’ को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो ।
[event_blocks id=”undefined” title=”” event=”” team=”0″ league=”1106″ season=”954″ venue=”0″ status=”future” format=”default” date=”0″ date_from=”default” date_to=”default” date_past=”” date_future=”” date_relative=”0″ day=”” number=”5″ orderby=”default” order=”ASC” show_all_events_link=”1″ align=”none”]
समूह चरणका खेलमा डेनमार्कले रुसलाई हराएको थियो भने फिनल्यान्ड र बेल्जियमसँग पराजित भएको थियो । यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित भएको थियो ।
यस्तै युरो कपमै राति पौने १ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटली र अस्ट्रिया खेल्दैछन् । इटलीले समूह चरणका तीनवटै खेल जितेको थियो । अस्ट्रियाले नर्थ म्यासेडाेनिया र युक्रेनलाई हराएको थियो भने नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

