शनिवार, अप्रिल 26, 2025
spot_img

क्यानाडालाई स्तब्ध पार्दै नेपाल ७ विकेटले विजयी

काठमाण्डाै – आज भएको नेपाल र क्यानडा बीच भएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल ७ रनले विजयी भएको छ ।

क्यानाडालाई स्तब्ध पार्दै नेपाल ७ विकेटले विजयी Copyनेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २ सय १७ रन बनाउँदा अल आउट भयो । १ सय ७४ रन बनाउँदा ४ विकेट गुमाएको क्यानडाले त्यसपछि ४३ रन जोड्दा ६ विकेट गुमायो । क्यानडाका निकोलस किर्तोनले ६८ र प्रगत सिंहले ५० रन बनाए । नेपालका कप्तान रोहित पौडेलले ४ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २ सय २४ रन बनायो । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए ।

त्यस्तै, भुर्तेल ५८ बलमा ६२ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २० रन बनाए । क्यानडाका उदय भगवानले ३ विकेट लिए ।

नेपाल र क्यानडाबीच ३ वटा खेलको शृङ्खलाको दोस्रो खेल पर्सि शनिवार र अन्तिम खेल सोमवार हुनेछ ।

 


Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

51,433FansLike
33,421FollowersFollow
23,904SubscribersSubscribe
- Advertisement -

Latest Articles