काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसीले प्रतियोगिता कै पहिलो जित निकाल्न सफल भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा बुटवल–लुम्बिनी एफसीलाई १–० गोलले हाराउँदै झापाले जित निकालेको हो ।
झापाको लागी जोर्गे सान्चेज ३९औं मिनेटमा निर्णायक गोल गरे । झापा पाँच खेलमा ६ अंक सहित छैठौं स्थानमा उक्लिएको छ ।
बुटवल छ खेलमा ७ अंक सहित पाँचौं स्थानमा यथावत छ । पहिलो स्थानको ललितपुरको ९, दोस्रो स्थानको धनगढीको ८ अङ्क छ । मंसिर ८ गतेदेखि सुरु भएको लिगमा ९ टिम सहभागी छन् ।