आइतवार, मे 25, 2025
spot_imgspot_imgspot_imgspot_img

महिला फुटबलमा नेपालको वरीयता खस्कियो, दक्षिण एसियामा दोस्रो

काठमाडौं : विश्व महिला फुटबलमा नेपालको वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

यसअघि १००औं स्थामा रहेको नेपाल नयाँ वरीयताअनुसार १०१ औं स्थानमा पुगेको छ । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।

यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा रहेको छ ।

विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै स्विडेन दोस्रो स्थानमा उक्लँदा जर्मनी तेस्रो स्थानमा झरेको छ । नेदरल्यान्ड्स चौथो र फ्रान्स पाँचौं स्थानमा छ ।

श्रोत : इमेजखबर.कम्

 


Related Articles

Stay Connected

51,433FansLike
33,421FollowersFollow
23,904SubscribersSubscribe
- Advertisement -

Latest Articles