सर्जियो रामोस फ्रेन्च क्लब पीएसजीमा दुई वर्षका लागि अनुबन्ध

103

काठमाण्डाै – रियल मड्रिडका पूर्व डिफेन्डर सर्जियो रामोसलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले दुई वर्षका लागि अनुबन्ध गरेको छ ।

३५ वर्षीय रामोसले स्पेनी क्लबमा रियल मड्रिडमा १६ वर्ष बिताएर गएको जुनमा क्लब छाडेका थिए । रियलबाट ६ सय ७१ खेल खेलेका रामोस पाँच पटक ला लिगा उपाधि र चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । रामोस् सन् २००५ मा सेभियाबाट रियल मड्रिड पुगेका थिए ।

‘पेरिस सेन्ट जर्मेइनमा जोडिन पाउँदा म निकै खुसी छु’, रामोसले भने, ‘यो मेरो जीवनमा ठूलो परिवर्तन हो, नयाँ चुनौती र यो दिनलाई मैले भुल्ने छैन ।’

पीएसजीका अध्यक्ष र प्रमुख कार्यकारी नसीर अल–खेलाइफीले भने, ‘पेरिस हाम्रो युगको एक महान् खेलाडीलाई स्वागत गर्दछ ।’

श्रोत: अनलाइनखबर.कम्

पिछला लेखयुरो कप: इटली भर्सेज स्पेन, अब भन्नुहोस… तपाईं कुन पक्षमा, कसले बाजी मार्ला ?
अगला लेखआयरल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका ३३ रनले विजयी

कोई जवाब दें

कृपया अपनी टिप्पणी दर्ज करें!
कृपया अपना नाम यहाँ दर्ज करें