आईसीसी वर्ल्ड क्रकेट लिग टु: पहिलो शृंखलाको खेल नेपालमा हुने

12

काठमाडौं: आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको पहिलो सिरिजको खेल नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ(CAN) का अनुसार आगामी फागुन ५ काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् ।

आईसीसी वर्ल्ड क्रकेट लिग टु: पहिलो शृंखलाको खेल नेपालमा हुने भएको छ
फोटो: क्यान

लिग टूको यो दोस्रो संकरण हो, जुन २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यो संस्करणमा ८ देश सहभागी हुनेछन् । पहिलो संकरणमा ७ टिम मात्र थिए ।

सुपर लिगमा पुछार (१३औं स्थान) मा रहेको नेदरल्याण्ड्सलाई थपिएको छ । त्यही नेदरल्याण्ड्स पहिलो सिरिजमै नेपाल आउने छ । ‘लिगमा हरेक खेल महत्वपूर्ण हुन्छ । त्यसमाथि विश्वकप खेलेको नेदरल्याण्ड्स नै आउने भएपछि हामी सबै उत्साहित छौं,’ क्यानका सचिव पारस खड्काले भने ।

 

स्रोतअनलाइन खबर
पिछला लेखविश्वकप २०२६ छनोट: अर्जेन्टिनाले ब्राजिललाई उसैको घरेलु मैदानमा पहिलो पटक १-० ले पराजित
अगला लेखआईपीएल २०२४: ८३० भारतीय र ३३९ विदेशी स्टार गरी कुल ११६६ प्लेयरहरुको नाम दर्ता

कोई जवाब दें

कृपया अपनी टिप्पणी दर्ज करें!
कृपया अपना नाम यहाँ दर्ज करें