टोकियो ओलम्पिकमा अमेरिकन पौडी खेलाडी ड्रेसलको विश्व कीर्तिमान

125

काठमाण्डाै – टोकियो ओलम्पिकमा अमेरिकी पौडी खेलाडी सेलेब ड्रेसलले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । टोकियो ओलम्पिकमा ड्रेसलको यो तेस्रो स्वर्ण हो ।

आज भएको पुरुष एक सय मिटर बटरफ्लाइमा ड्रेसलले ४९ सेकेण्ड ४५ मिलिसेकेण्डमा जित निकालेका हुन् । उनले आफ्नै नामको ४९ सेकेण्ड ५० मिलिसेकेण्डको कीर्तिमान भङ्ग गरेका छन् ।

हङ्गेरीका क्रिस्टोफ मिलिकले ४९ सेकेण्ड ६८ मिलिसेकेण्डसहित रजत जिते भने स्विट्जरल्यान्डका नोए पोन्टीले ५० सेकेन्ड ७४ मिलिसेकेण्डसहित कास्य जितेका छन् ।

श्रोत : उज्यालोअनलाइन.कम्

पिछला लेखनेपाली एथ्लेटिक्स खेलाडी सरस्वती प्रारम्भिक चरणबाटै बाहिरिन
अगला लेखब्रुनाेकाे ह्याट्रिकको सहायता द्वारा म्यान्चेस्टर युनाइटेडले लिड्सलाई ५–१ गोलले हरायो