इङ्ग्ल्यान्डद्वारा श्रीलङ्कासँगको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा क्लिन स्विप गरेको छ

64

काठमाण्डाै – इङ्ग्ल्यान्डले श्रीलङ्कासँगको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा क्लिन स्विप गरेको छ । गएराति भएको खेलमा श्रीलङ्कालाई ८९ रनले हराउँदै इङ्ग्ल्यान्डले श्रृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो ।

इङ्ग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलङ्काले १८ ओभरमा ५ बलमा अलआउट भएर ९१ रन मात्र बनाउन सक्यो । श्रीलङ्काकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए ।

ओसडा फर्नान्डोले १९ रन जोड्दा निरोशन डिक्वेलाले ११ रन जोडे । इङ्ग्ल्यान्डका डेभिड विलीले ३ तथा साम कुरानले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । इङ्ग्ल्यान्डका डेविड मलानले ७६ रन, जोनी बेयर्स्टोले ५१, लियाम लिभिङस्टोनले १४ रनको योगदान गरे ।

यस्तै, साम करण ९ र क्रिस जोर्डन ८ रनमा अविजित रहे । श्रीलङ्का दुश्मन्था चामिराले ४ विकेट लिए  भने बिनुरा फर्नान्डो र इसुरु उडानले एक/एक विकेट लिए ।

पहिलो खेलमा इङ्ग्ल्यान्ड ८ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । श्रीलङ्का र इङ्ग्यान्डबीच पर्सी मंगलवारदेखि तीन खेलको एक दिवसीय श्रृङ्खला पनि हुनेछ  ।

पिछला लेखयुरो कप २०२० को नकआउट चरणका खेलहरु आजबाट सुरु हुँदै
अगला लेखओलम्पिक: नेपालबाट एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने

कोई जवाब दें

कृपया अपनी टिप्पणी दर्ज करें!
कृपया अपना नाम यहाँ दर्ज करें