वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश

72

काठमाण्डाै – युरो कप फुटबलमा गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गर्यो । १० खेलाडीमा समेटिएको वेल्सलाई हराउन इटलीका माटियो पेसीनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रेड कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटलीका फेड्रिको बेर्नार्डेस्चीलाई फल गरेपछि रेफ्रीले उनलाई रेड कार्ड देखाएका थिए  । इटलीले ३ खेलमा ९ अङ्क जोडेको छ। यसअघि इटलीले टर्कीलाई ३–० र स्विजरल्यान्डलाई पनि ३–० गोलले नै हराएको थियो ।

इटलीसँग पराजित भए पनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । वेल्सले ३ खेलमा ४ अङ्क जोडेको छ । यसअघि वेल्सले स्विजरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो भने टर्कीलाई २–० गोलले हराएको थियो ।

पिछला लेखयुरो कप २०२९: फ्रान्स र हङ्गेरी बीचको खेल बराबरीमा टुङ्गीयो
अगला लेखक्रोएशिया युरो कपको अन्तिम १6 मा पुग्यो, स्कटल्याण्ड समूह चरणबाट बाहिरियो

कोई जवाब दें

कृपया अपनी टिप्पणी दर्ज करें!
कृपया अपना नाम यहाँ दर्ज करें